२०८१ कार्तिक २, शुक्रवार , ०२:४८:४८ बजे

Sajhamanch
'

बिर्तामोड २ मा बालमैत्री स्थानीय शासन वडासमिति गठन

बुधवार, माघ ४, २०७९

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा आज बालमैत्री स्थानीय शासन वडासमिति गठन गरिएको छ ।

वडालाई बालमैत्री बनाउने उद्देश्य अनुसार आज एक कार्यक्रमका बीच वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति घोषणा गरिएको हो ।

समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल विकास संस्था, जनप्रतिनिधि, विद्यालय प्रतिनिधि, बालक्लब लगायतको उपस्थिति थियो ।

नवगठित वडा समितिको सदस्यमा तिला गौतम, शर्मिला त्रिखत्री, ओमनाथ गौतम, चेतन बिमली, प्रतिमा गौतम, शारदा शिवाकोटी, किरण पौडेल, दिबाङ्कर मैनाली, लक्ष्मण दाहाल, पुनम अधिकारी, संगम ओली ,आसिका प्रसाई, सुब्रत न्यौपाने र सदस्य सचिवमा वडासचिव हिमा पोख्रेल चयन भएका छन् ।

कार्यक्रममा मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, वीर अमरसिंह माविका प्रअ यदुनाथ अधिकारी, स्वास्थ प्रमुख प्रतिमा गौतम र बालक्लब अध्यक्ष पुनम अधिकारीले बालमैत्री वडा निर्माणमा आफ्नो सहभागिता र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले बालबालिकाको समग्र विकासमा लाग्न आग्रह गर्दै बालकोष स्थापना गर्दै बालबालिकाको हरेक समस्यामा साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सो कार्यक्रममा उनले वडा र ब्यक्तिगत रुपमा ३० हजार रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरेका छन् ।

कार्यक्रमका अध्यक्ष न्यौपानेले शिक्षा सहकारी बालबालिकाको लागि निरन्तर गतिविधि गर्दै आएकाले आफ्नो तर्फबाट कोषलाई ब्यवस्थित गर्न संस्थागत सहयोग गर्ने बताए ।

सम्बन्धित खबर