२०८१ भदौ ३१, सोमवार , १०:०२:३० बजे

Sajhamanch
'

गौरादहका तीन सहकारी एकीकरणको अन्तिम चरणमा

आइतवार, माघ १, २०७९

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ ।

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा शनिबार तीनवटै संस्थाको प्रतिनिधिमुलुक संयुक्त एकीकरण साधारण सभा सम्पन्न भएको हो । माघ महिनाको पहिलो हप्ता सहकारी रजिस्ट्रारको कार्यालय प्रदेश १ बाट एकीकरणको अनुमति प्राप्त गरी संयुक्त कारोबार संचालन गरिने एकजना सञ्चालक मित्रदेव काफ्लेले जनाएका छन् ।

एकीकरण पश्चात् सदस्यहरुले अझ गुणस्तरीय एवम् समय सापेक्ष सेवा प्राप्त गर्ने उनले अपेक्षा पनि राखेका छन् । एकीकरण प्रक्रियामा सबै संस्थाका संचालकहरु, उपसमिति, सल्लाहकार तथा शेयर सदस्यहरु समारात्मक रहेकाले एकीकरण प्रक्रिया रचनात्मक रुपमा अगाडि बढिरहेको काफ्लेको भनाई छ ।

सम्बन्धित खबर