२०८१ कार्तिक २, शुक्रवार , ०४:४६:४२ बजे

Sajhamanch
'

बुधबारेमा रेडक्रस परिचय सम्बन्धी कार्यक्रम सम्पन्न

आइतवार, माघ १, २०७९

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले उपसमिति तथा नयाँ सदस्यहरुलाई शनिबार रेडक्रस परिचय तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।

उपशाखाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा बुधबारेमा आयोजित सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडाध्यक्षहरु अनिल वाग्ले र डेगेन्द्र कार्की, बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी तथा सामाजिक ब्यक्तित्व प्रेम नेम्वाङको आतिथ्य थियो ।

कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई उपसभापति गीता ढुंगानाले शाब्दिक स्वागत गरेकी थिइन् भने रेडक्रस परिचय बारे पूर्व सभापति हरिप्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिब जीतबहादुर श्रेष्ठले गरेका थिए ।

सम्बन्धित खबर