२०८१ भदौ ३१, सोमवार , ०९:१७:३४ बजे

Sajhamanch
'

दमकको नमूना बजारमा आगलागी, ९ वटा पसलका सामान जलेर खरानी

आइतवार, माघ १, २०७९

दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् ।

आज राति करिब २ बजेतिर आगलागी भएको थाहा भएको हो । आगलागीबाट पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन् । मुख्य बजार भएकाले ती पसलहरुमा जुत्ता तथा कपडाका ब्राण्डेड सामानहरु बेच्न राखिएको बताइएको छ ।

आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण समानहरु नष्ट भएको उनले बताए । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन ।

द्यिुत सर्ट भई आगो लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाई छ ।

आगलागी नियन्त्रणमा दमकसहित कमल, गौरादह, कानेपोखरी लगायत पालिकाका बारुणयन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा करिब ३ घण्टा लागेको थियो ।

सम्बन्धित खबर