२०८१ असोज ३, बिहिवार , ०५:४८:२३ बजे

Sajhamanch
'

जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

शनिवार, पौष ३०, २०७९

aबुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित जागरणा कृषि समूहलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

प्रदेश १ को कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान एकपांग्रे ठेला खरिद गरी १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

कृषि समूहका अध्यक्ष शिवबहादुर गिरीको अध्यक्षता, प्रदेश १ का निवर्तमान कृषिमन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा उक्त कृषि औजार हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्लेसहित स्थानीय समाजसेवी, कृषक र राजनीतिक कार्यकर्ताहरुको आतिथ्य थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।

यसभन्दा अघि पनि निवर्तमान कृषिमन्त्री दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरुमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खबर