२०८१ कार्तिक २, शुक्रवार , ०९:५०:२६ बजे

Sajhamanch
'

बालमैत्री स्थानीय शासनको दिगोपनका लागि कमल ७ मा अन्तरक्रिया

बुधवार, पौष २७, २०७९

कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ ।

झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको लागि सरोकारवालाहरु बीच आज गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

बालमैत्री वडा घोषणा पश्चात बालबालिकाको मुहारमा खुशी आई कमल समृद्धितर्फ उन्मुख भयो, बालबालिकाको अर्थपूर्ण सहभागिता गर्ने बानी र पद्धतिको विकास भई आधारभूत आवश्यकता पुरा हुन सके ? भन्नेजस्ता विषयमा सरोकारवालासँग छलफल भएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै सरस्वती माध्यमिक विध्यालयका प्रधानाध्यापक रुकमान लिम्बूले बालमैत्री वातावरण हुनका लागि सबैभन्दा पहिले बालबालिकाको घर नै बालमैत्री हुनुपर्छ । त्यसपछि विध्यालय र अन्य क्षेत्रको पनि वातावरण बालमैत्री बनाउनु पर्छ । यसका लागि सरोकारवाला सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्छ ।

वडा कार्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रम कार्यान्वयन गराउनका टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने धारणा राख्दै विष्णुकठ्ठा टोल विकास संस्थाका अध्यक्ष अकलबहादुर गुरुङ्गले बालमैत्री स्थानीय शासनको दिगोपनका लागि पनि टोल विकास संस्थाको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।

सो कार्यक्रममा वडाध्यक्ष पृथ्वीपति राईले बालमैत्री स्थानीय शासनको दिगोपनका लागि वडाले विभिन्न कार्यक्रम गरिरहेको अवगत गराउँदै यो पटक टोल विकास संस्थाका प्रतिनिधि, विध्यालयका सञ्चालक, बाल क्लका प्रतिनिधि लगायत सरोकारवालहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको बताए ।

कमल गाउँपालिका वडा नं. ७ ले ५१ वटा सूचक पूरा गरेपछि गत २०७९ साल वैशाख ९ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषण गरिएको थियो । कार्यक्रमको सहजीकरण बलमैत्री अभियानका सहजकर्ता सुमन ढकलले गरेका थिए ।

सम्बन्धित खबर