२०८१ माघ ३, बिहिवार , ०४:२९:५७ बजे

Sajhamanch
'

व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सम्पन्न

मङ्गलवार, पौष २६, २०७९

बिर्तामोड । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम बिर्तामोड ७ मा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ को मियावाडीमा पुष १८ गतेदेखि आयोजना गरेको ७ दिने तालिम २५ गते सम्पन्न भएको हो । तालिममा सहभागीहरुलाई वडाअध्यक्ष कृष्णप्रसाद खरेलले प्रमाण पत्र प्रदान गरेका छन् ।

तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, तालिम संयोजक चनिमाया तामांग, कल्पना शिवाकोटी लगायतले तालिमको सहजीकरण गरेका थिए ।

सहभागीहरुले तालिममा सिकेको सीपलाई कार्यन्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । तालिममा २४ जना सहभागी थिए । समापन कार्यक्रममा वडासदस्य लक्षिमा खतिवडा, हेमलता विश्वकर्मा, न्यायिक समिति सदस्य माया ढकाल, स्थानीय समाजसेवी घनश्याम भण्डारी, चूडामणि ढकाल लगायतको आतिथ्य थियो ।

सम्बन्धित खबर