२०८१ भदौ ३१, सोमवार , ०७:०२:३७ बजे

Sajhamanch
'

भद्रपुरमा जिल्ला स्तरीय साँस्कृतिक प्रतियोगिता सुरु

आइतवार, पौष २४, २०७९

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को ३२औं दिवसको सन्दर्भमा झापामा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सञ्चालन गरिएको छ । पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यहरु बीच प्रतिष्पर्धा भइरहेको हो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भद्रपुरमा आज आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिगपर्धा गराई उत्कृष्ट छनोट गर्न यस्तो प्रतियोगिता गरिएको जनाए । प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धी बीच प्रतिष्पर्धा हुँदैछ ।

कार्यक्रम अन्र्तगत गायन तर्फ १२ वर्ष मुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिपर्धी बीच जिल्ला उत्कृष्टका लागि प्रतिष्पर्धा हुँदैछ । नृत्यतर्फ आधुनिक, राष्ट्रिय र जातीय पहिचानसहितका साँस्कृतिक नृत्यहरूको विषयगत प्रतिष्पर्धा समावेश गरिएको छ ।

सम्बन्धित खबर