२०८१ कार्तिक २, शुक्रवार , १०:३८:५३ बजे

Sajhamanch
'

बिर्ताबजारमा साताव्यापी जीवन विज्ञान शिवीर सम्पन्न

आइतवार, पौष २४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ ।

गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका हुन् । आज बिहान भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कार्कीले आफ्नो जीवनलाई सफल बनाउन यस्ता ध्यान शिवीरहरु अनि योगाभ्यासहरु फलदायी हुने बताए ।

गुरुहरु लक्ष्मण न्यौपाने र पुस्पा पोखरेल न्यौपानेको सहजीकरणमा भएको जीवन विज्ञान योग साधना कार्यक्रममा बिर्ताबजार आसपासका ७० जनाले दैनिक तालिम लिएका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रको आयोजना तथा विराट बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष मदनबहादुर बुढाथोकीले गरेका थिए ।

काजी ब्यांक्वेट बिर्ताबजारको हलमा सम्पन्न योग साधना शिवीरमा दैनिक दिप प्रज्वलन गरेर गुरु बन्दनासहित अभ्यास गराइएको थियो । समापन कार्यक्रममा प्रतिक्रिया जनाउने अधिकांश सहभागीहरुले यस्तो कार्यलाई निरन्तरता दिन आयोजक संस्थाहरुसमक्ष आग्रह गरेका छन् ।

दैनिक उपस्थित सहभागीहरुमध्ये उमेरका हिसावले वा सामाजिक क्षेत्रको पदीय हिसावले वा जन्म दिन परेको अवसरजस्ता फरक फरक व्यक्तिहरुलाई दिप प्रज्वलन गराएर आयोजकले सबैलाई अपनत्व महसुस गराएको पनि प्रतिक्रिया पाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा सचिव रुद्र सिटौलाको सञ्चालनमा दैनिक कार्यक्रम भएका थिए ।

सम्बन्धित खबर