२०८१ मंसिर ९, आइतवार , ०४:३७:३४ बजे

Sajhamanch
'

बिर्तामोड खानेपानीको साधारणसभा, विधान संशोधन

शनिवार, पौष २३, २०७९

बिर्तामोड । दुईपटक मुलुककै सर्वोत्कृष्ट खानेपानी संस्थाको रुपमा पुरस्कृत भएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका पूर्वअध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यमा आज साधारणसभा गरिएको हो । साधारणसभामा अध्यक्ष जलकुमार गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाको समग्र भौतिक अवस्थिति, समस्या र चुनौती एवम् भावी योजनाहरु समेटिएको छन् । कोषाध्यक्षको प्रतिवेदनमा आम्दानी र खर्चहरुका विवरण तथा संस्थाले बचत गरेको रकमका बारेमा उल्लेख छ ।

साधारणसभाले संस्थाको विधान संशोधनको निर्णय पनि गरेको छ । बिर्तामोड खानेपानीमा अध्यक्ष बन्नका लागि एक कार्यकाल अनिवार्य कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्थाको विरोध हुँदै आएको थियो । साधारणसभाले अध्यक्षमा निर्वाचित हुन एक कार्यकाल कार्यसमितिमा रहनुपर्ने बाध्यकारी व्यवस्था हटाउने निर्णय गरेको हो ।

यस्तै, अध्यक्ष दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि विधान संशोधन गरेर हटाइएको छ । उपभोक्ताले चाहेमा जो सुकै उपभोक्ता निर्वाचित गर्न सक्ने गरी साधारणसभाले निर्णय गरेको हो ।

अब जिल्ला प्रशासन कार्यालयबाट विधान शंसोधन स्वीकृत गराउनु पर्ने कानुनी व्यवस्था छ ।

सम्बन्धित खबर