२०८१ पौष २५, बिहिवार , ११:२२:५९ बजे

Sajhamanch
'

मेचीनगर प्रमुखको दैनिकी : जनताको तटबन्ध निर्माणको स्थलगत अनुगमन

शुक्रवार, पौष २२, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् ।

यसै क्रममा आज नगरप्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदीको डिल्लीगौंडा दक्षिणमा निर्माण कार्य भइरहेको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन गरेका हुन् । आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड रुपैयाँको लागतमा ३५० मिटर लामो तटबन्ध निर्माण भइरहेको हो ।

राज्यको लगानीबाट बनेका जुनसुकै विकास निर्माणका योजनाहरू मापदण्ड अनुसार समयमा नै सम्पन्न गर्नुपर्ने दायित्व सबै नागरिकको हो, त्यसलाई कार्यान्वयन गर्न आफूले फिल्डमा नै पुगेर अनुगमन गर्ने गरेको नगर प्रमुख बुढाथोकीको भनाई छ ।

उनले नगरभित्र मापदण्ड अनुसार काम अगाडि बढे नबढेको निगरानी गर्न र गलत भरको भए त्यसलाई तत्काल खबरदारी गर्न स्थलगत अनुगमन कार्य अगाडि बढाइएको जनाए ।

अनुगमनमा नगरप्रमुख बुढाथोकीको संयोजकत्वमा मेचीनगर १ का वडाध्यक्ष रामकुमार राई, निवर्तमान वडाध्यक्ष पासाङ तामाङ लगायतको टोली सहभागी थियो ।

सम्बन्धित खबर