२०८१ पौष ५, शुक्रवार , ०२:३२:३१ बजे

Sajhamanch
'

रामजानकी साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

बिहिवार, पौष २१, २०७९

बिर्तामोड । यहाँस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

लामो समय कृषि सहकारीका रुपमा सञ्चालित संस्था गत वर्षदेखि बचत तथा ऋण (साकोस)मा रुपान्तरित भएको थियो । असोजमा सम्पन्न साधारणसभा कै सेरोफेरोमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भए तापनि आम निर्वाचनको आचारसंहिताले उक्त कार्य नगरिएको तत्कालीन अध्यक्ष डिबी कार्कीको भनाई छ ।

हालै निर्वाचन समितिले आकांक्षीहरुबीच पटक पटक छलफल गरी सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको जनाइएको छ । जसअनुसार सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद राजवंशी, उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिवमा भुपेन्द्र बस्नेत र कोषाध्यक्षमा जीवन सुवेदी चयन भएका छन् ।

निवर्तमान सचिव शुक्रराज भण्डारीका अनुसार रामजानकी साकोसको नवनिर्वाचित सञ्चालक सदस्यहरुमा मिनादेवी मिश्र, शिखा सुब्बा, तेजप्रभा भण्डारी, राजकुमार दाहाल र सुरेन्द्र बस्नेत रहेका छन् ।

संस्थाको तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञानेन्द्रप्रसाद पोखरेल तथा सदस्यहरुमा मनोजकुमार दास र उर्मिला सापकोटा चयन भएका छन् । संस्थाका निवर्तमान अध्यक्ष डिबी कार्कीलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।

करिब ९ हजार शेयर सदस्य रहेको रामजानकी साकोसका ८ वटा सेवाकेन्द्र सञ्चालनमा छन् । संस्थामा २ करोड ११ लाख ७ हजार ९०० रुपैयाँ शेयर पुँजी पुर्याइएको छ भने निक्षेपमा १९ करोड ३२ लाख ९३ हजार रुपैयाँ तथा कर्जा लगानीमा २० करोड ९४ लाख ८० हजार पुर्याइएको निवर्तमान सचिव भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर