२०८१ असोज ४, शुक्रवार , ०६:५२:०६ बजे

Sajhamanch
'

बनेपामा सिलाई सीप समेलन जारी

बिहिवार, पौष २१, २०७९

झापा । सिलाई सीपको विकास र सम्मान गर्दै समृद्द समाजको निर्माण गर्न सकिन्छ भन्ने अभियानका साथ काभ्रेको बनेपामा पुस २० मा सीप सम्मेलन सुरु भएको छ ।

नेपाल टेलरिङ ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गोपाल परियारको अध्यक्षतामा भएको सीप सम्मेलनको बागमती प्रदेशका मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।

पुस २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने सीप सम्मेलनमा वरिष्ठ राष्ट्रिय प्रशिक्षक राजमान महर्जनले एडभान्स कोट कटिङ सम्बन्धी तालिम दिइरहेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष सदिस श्रेष्ठका अनुसार काभ्रेबाट सुरु गरिएको सीप सम्मेलन काठमाडौ, पोखरा र गोरखा जिल्लामा समेत सम्बन्धित जिल्लाको समन्यवमा सम्पन्न गरिने छ ।

सीप सम्मेलनको क्रममा ब्यवसायीहरुको ब्यक्तित्व विकास सम्बन्धी विभिन्न तालिमहरु समेत उपलब्ध गराइने महासचिव पूर्णमान महर्जनले बताए ।

सीप सम्मेलन उद्घाटन कार्यक्रममा बनेपा र पनौती नगरपालिकाका प्रमुख, उपप्रमुख, घरेलु तथा साना उधोग कार्यालय काभ्रेका प्रमुख, उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष, बनेपा उधोग वाणिज्य संघका अध्यक्षलगायतको आतिथ्य थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन पछि वरिष्ठ राष्ट्रिय प्रशिक्षक महर्जनले एड्भान्स कोट कटिङको तालिम सुरु गरेका हुन् । महासंघको आयोजनामा यस किसिमको सीप सम्नेलन पहिलो पटक थालनी गरिएको महासंघका केन्द्रीय सदस्य एवम् झापा टेलरिङ ब्यवसयी संघका महासचिव वीरु दर्नालले बताएका छन् ।

सम्बन्धित खबर