२०८१ असोज ४, शुक्रवार , ०५:४६:२८ बजे

Sajhamanch
'

प्रथम आइटीको साधारणसभामा ८ जना कर्मचारीहरु पुरस्कृत, टेक्निकल डाइरेक्टर सुमन सापकोटालाई ५० हजार रुपैयाँ राशीको डिकेड कन्ट्रीब्युसन अवार्ड

बुधवार, पौष २०, २०७९

झापा । वित्तीय व्यवसायलाई सरलीकृत गर्ने सफ्टवेयर उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाएको प्रथम आइटी सिस्टम प्रालिले आज कर्मचारी तथा बिजनेश पार्टनरहरुलाई पुरस्कृत गर्दै दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लुमा मुख्य कार्यालय रहेर बिर्तामोड, चितवन, इटहरी र फिदिममा शाखा सञ्चालन गरिरहेको प्रथम आइटीको साधारणसभा बिर्तामोडमा गरिएको हो ।

कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लोकनाथ खनाल (लोकप्रिय)को अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीको स्थापनाकालदेखि काम गरिरहेका कर्मचारीदेखि विधागतरुपमा नवोदितसम्मलाई नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।

कम्पनीले ५० हजार रुपैयाँ राशीसहित डिकेड कन्ट्रीब्युसन अवार्डबाट टेक्निकल डाइरेक्टर सुमन सापकोटालाई पुरस्कृत गरेको छ । यस्तै प्रोजेक्ट म्यानेजर कुशल निरौला २० हजार रुपैयाँसहित आइडिया एण्ड एक्सन अवार्डबाट, प्रोजेक्ट म्यानेजर सुजन सापकोटा २० हजार रुपैयाँसहित म्यानेजेरिल लिडरसिप अवार्डबाट, प्रोजेक्ट म्यानेजर राजु प्रसाई २० हजार रुपैयाँसहित आउटस्टान्डिङ पफर्मान्स अवार्डबाट र सफ्टवेयर डेभलपर सनम सागर पकुवाल २० हजार रुपैयाँसहित आउटस्टान्डिङ पफर्मान्स अवार्डबाट पुरस्कृत र सम्मानित भएका छन् ।

कम्पनीका शाखा प्रमुखहरुमध्ये इटहरीका सुरज चिमरियालाई २० हजार रुपैयाँ पुरस्कारसहित बेस्ट ब्रान्च बोसको अवार्ड प्रदान गरिएको छ । यस्तै कम्पनीको सफ्टवेयर प्रयोगकर्ता ५०० हाराहारी व्यवसायिक साझेदारमध्ये बिर्तामोडस्थित धौरागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थालाई बेस्ट बिजनेश फरमर्मिङ पार्टनरको अवर्ड प्रदान गर्दै एएमसीमा २० प्रतिशत छुटको घोषणा गरिएको छ ।

यसैगरी प्रथम आइटी सिस्टम प्रालिले वार्षिक साधारणसभाको अवसरमा १० हजार रुपैयाँ राशी पुरस्कारसहित आउटस्टान्डिङ पफर्मान्स अवार्ड सपोर्ट मेम्बर नुपेन्द्र खनाल, एड्मिनिस्ट्रेशन मेम्बर जेनिसा पोखरेल, क्वालिटी एसुरेन्स हेड करन सिटौलालाई प्रदान गरेको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, अग्रज पत्रकार गोपाल काफ्ले, धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका मार्केटिङ म्यानेजर सविता ओली र कम्पनीका अध्यक्ष लोकप्रिय खनालले उक्त पुरस्कार र प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

साधारणसभामा कम्पनीका अध्यक्ष खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा दिनहुँ बढिरहेको डिनिटाइजशनको भरपुर उपयोग गरी कम्पनीले आवश्यकता अनुसार नयाँ सफ्टवेयरहरु उत्पादन गर्ने र भइरहेकालाई अत्याधुनिक बनाउँदै लैजाने उल्लेख छ । विशेष गरी सहकारी संस्थाहरुको कारोबारलाई व्यवस्थित एवम् पारदर्शी बनाउन कम्पनीले निर्माण गरेको फिनास्त्रलाई थप प्रभावकारी बनाउँदै ग्राहक बृद्धि गर्ने अध्यक्षको भनाई छ ।

कम्पनीका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले सञ्चालन गरेको साधारणसभा समारोहमा प्रमुख अतिथि डिल्ली दाहाल, विशेष अतिथि गोपाल काफ्ले र सविता ओलीले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर