२०८१ पौष ५, शुक्रवार , ०६:४६:३७ बजे

Sajhamanch
'

दवाव र प्रभावमा नपर्ने झापा प्रहरी प्रमुख रेग्मीको प्रतिवद्धता

सोमवार, पौष १८, २०७९

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका उपरीक्षक रेग्मीले आज सञ्चारकर्मीहरूसँग परिचयात्मक कुरा गर्दै आवाजविहिनका आवाज सुन्दै कसैको आग्रह वा पूर्वाग्रहमा नपरी पेशागत जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

रेग्मी झापामा प्रहरी निरीक्षक, नायव उपरीक्षक र उपरीक्षक गरी तेस्रोपटक कार्य स्थलमा खटिएका हुन् । उनले खुल्ला सिमानाका कारण हुने चोरी, तस्करी तथा लागु औषध कारोबारजस्ता आपराधिक कार्य नियन्त्रणमा ध्यान दिने जनाउँदै पछिल्लो समय आत्महत्याका घटनामा भइरहेको बृद्धि रोक्न पनि विशेष कदम चाल्ने सुनाएका छन् ।

उपरीक्षक रेग्मीले सेवाग्राहीका समस्या सुन्न झापा प्रहरीका सवै युनिटलाई व्यवस्थित बनाउँदै आवाज नहुनेका बोली सुनेर न्यायको वातावरणसमेत निर्माण गर्ने बताएका छन् ।

सम्बन्धित खबर