२०८१ माघ १२, शनिवार , ०६:१२:३३ बजे

Sajhamanch
'

दूधको उपभोक्ता मूल्य वृद्धि गर्न उद्योगीहरुको माग

शनिवार, पौष १६, २०७९

झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न आग्रह गरेका हुन् ।

एनएमसी डेरी उद्योग, कामधेनु दुग्धविकास सहकारी संस्था, रितिका डेरी उद्योग, पूर्वनेपाल डेरी, शिवम् डेरी एण्ड फुड्स, जीवन विकास डेरी, सगरमाथा विशिष्टीकृत सहकारी संघ, गोरस डेरी प्रालि, मदानी मिल्क हाउस र बनिगामा डेरीका सञ्चालक, व्यवस्थापक एवम् प्रतिनिधिहरुले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

दूधको मूल्य वृद्धि सम्बन्धमा भनी सरकारसमक्ष गरिएको मागपत्रमा भनिएको छ, ‘हाल विभिन्न कारणले दुग्ध उत्पादनको लागत बढेकाले दूधको खरिद मूल्यमा अप्रत्यासित वृद्धि भएको छ । उद्योगको उत्पादन लागत पनि बढेको छ । अतः मूल्य शृङ्खलालाई असर नपर्ने गरी उपभोक्ता, उत्पादक एवम् उद्योगीहरु समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत् दूधको उपभोक्ता मूल्य वृद्धि गर्न नेपाल सरकार समक्ष माग गर्दछौं ।’

सम्बन्धित खबर