२०८१ कार्तिक २, शुक्रवार , ०६:४६:४० बजे

Sajhamanch
'

पत्रकार परियारको अग्रसरतामा जनकल्याणका १२० विद्यार्थीलाई स्वीटर वितरण

बुधवार, पौष १३, २०७९

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १२० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर कार्कीले जानकारी दिए । विद्यालयमै पुगेर पूर्व विद्यार्थी परियारले स्वीटर वितरण गरेका हुन् । विद्यालयका जग्गादाता, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावकहरु समेतको उपस्थितिमा स्वीटर वितरण गरिएको शिक्षक सिपी भट्टराईले जानकारी दिए ।

पूर्व विद्यार्थी परियारले बिर्तामोडका सामाजिक एवम् व्यवसायी व्यक्तित्वहरुको सहयोगमा स्वीटर वितरण गरेका हुन् । परियारका अनुसार बिर्तामोडका व्यवसायी निर्मल भट्टराई, सुवास भट्टराई, संजिव घिमिरे, दिवाकरलाल चौधरी, पिन्टु शाह, नविन ढुङ्गानाको सहयोगमा १२० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

स्वीटर वितरण गर्दै परियारले आफुले अध्ययन गरेको विधालयका भाइ बहिनीहरुलाई स्वीटर वितरण गर्न पाउँदा खुशी लागेको बताए । विद्यार्थी र विद्यायलयका लागि सधैं सहयोग गर्ने परियारको भनाई थियो । उनले शिक्षक, अभिभावकलाई विद्यालय उत्कृष्ट बनाउन आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर