२०८१ असोज ३, बिहिवार , ०८:४९:०४ बजे

Sajhamanch
'

दमकका भूमिहीनलाई धनिपूर्जाको निस्सा वितरण

सोमवार, पौष ४, २०७९

दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ ।

भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही ढिलाई भएको प्रष्ट पार्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनिपूर्जासमेत वितरण सम्पन्न गर्ने बताए ।

स्थानीय तहमा आफूहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्रथमिकतामा राखेर भूमिहीनलाई धनिपूर्जा उपलब्ध गराउने काममा लागेको उनको कथन छ ।

दमक वडानम्बर ५ का भूमिहीनहरुलाई स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको कार्यालय परिसरमा बोलाएर नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराईसहितले धनिपूर्जाको निस्सा वितरण गरेका हुन् ।

दमक नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागिपरेको बताइन् । उनले प्राप्त निवेदनका आधारमा छानविन गरेर चाँडै धनिपूर्जा वितरण कार्यसमेत सुरु गर्ने प्रतिबद्धता जनाइन् ।

वडामा हालसम्म दर्ता भएका २७५ जना भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको वडा सदस्य ख्यामकुमारी परियारले जानकारी दिइन् । अब वडा कार्यालयले निरन्तर निस्सा वितरणको कार्य जारी राख्ने वडा सदस्य परियारले बताइन् ।

सम्बन्धित खबर