२०८१ असोज ३, बिहिवार , ०७:५०:४४ बजे

Sajhamanch
'

हाम्रो नेपाल साकोस १० औं साधारणसभा प्रक्रिया सुरु

आइतवार, पौष ३, २०७९

बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ ।

आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भवानीप्रसाद दंगालले सो खुसी सार्वजनिक गरेका हुन् । संस्थाको वार्षिक साधारणसभा भोलि पुस ४ गतेदेखि एकाईस्तरमा ६ ठाउँमा गर्ने तयारी छ भने पुष २३ गते माइन्युट प्रमाणित गर्ने कार्यसूचि बनाइएको छ ।

पत्रकार सम्मेलनमा संस्थाको मुख्य कार्यालयका अधिकृत कर्मचारी ज्योति पराजुलीले संस्थाको वित्तीय झलक तथा कार्यप्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनका अनुसार ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर सुरू गरिएको संस्था अहिले झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित भएको छ ।

संस्थाको सेयर पूँजी १७ करोड २२ लाख ९१ हजार पुर्याइएको छ भने निक्षेप ९० करोड ५१ लाख २८ हजार संकलन भएको छ । संस्थामा २४ हजार ९६३ जना सेयर सदस्य र ६ हजार ३९८ जना बाल बचतकर्ता रहेको २०७९ असार मसान्तको तथ्याङ्क छ ।

साकोसले आफ्ना ५ हजार २७४ जना सदस्यहरुलाई १ अर्ब ७१ करोड ८८ लाख १३ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ भने विभिन्न बैंक तथा सहकारीहरुमा संस्थाले ५४ लाख ६२ हजार ६०० रुपैयाँ लगानी गरेको छ । हाम्रो नेपाल साकोसले लिएको बाह्य कर्जा ७७ करोड ५ लाख रुपैयाँ रहेको छ भने समीक्षा वर्षमा ४६ लाख २ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको विवरण सार्वजनिक गरिएको छ ।

संस्थाका अध्यक्ष दंगालले सामाजिक क्षेत्रमा गरिएको योगदान बारे जानकारी दिँदै सुत्केरी सुविधा, बच्चाको जन्म दिनको उपहार, मृत्यु राहत सुविधा, ऋण मिनाहा गरी करिब ३१ लाख रुपैयाँ प्रदान गरिएको बताए । यस्तै संस्थाले बितेको आर्थिक वर्षमा मात्र श्रद्धाञ्जली र समवेदनामा १७ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को वासलात १ अर्ब ९२ करोडको बनाएको संस्थाको कोष रकम १२ करोड पुर्याइएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका बीचमा पनि गत असार मसान्तमा हाम्रो नेपाल साकोसको तरलता प्रतिशत १४ दशमलव ५८ रहेको जनाइएको छ ।

साकोसका सचिव विपी लामिछानेले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णराज कट्वालले प्रकाश पारेका थिए । कट्वालले विगत वर्षहरू झैं यो वर्ष पनि साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेर आम सदस्यहरुमाझ पुर्याउने प्रयास भएको बताए ।

उनले यो वर्ष चुनावी साधारणसभा भएकोले सबै सदस्यहरू माझ जानकारी पुर्याएर सहभागिता सुनिश्चित गर्न पत्रकार सम्मेलन गरिएको बताए ।

पत्रकार सम्मेलनमा राखिएको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष दंगालले यो वर्ष नेतृत्व परिवर्तनको वर्ष भएकाले निर्वाचन समिति बनाएर काम सुरु गरिएको जनाए । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

‘चार वर्षे कार्यकालका लागि हुने नर्विाचनले नयाँ नेतृत्व चयन गर्नेछ’ अध्यक्ष दंगालले भने, ‘सञ्चालकहरू दोहोरिन पनि सक्नुहुन्छ तर चुनाव हुँदैन, सर्वसहमतिमै गर्ने प्रयास हुनेछ ।’

https://www.facebook.com/100006424731296/videos/858535738620165/

सम्बन्धित खबर