झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको झापा अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
उनी झापा शाखाको १ कार्यकाल सदस्य, १ कार्यकाल सचिव भइसकेका र तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्ने योग्य व्यक्ति रहेको बताइन्छ ।
क्यानको विधानले अधिवेशन हलबाट अध्यक्षमात्र चयन गरिन्छ र अरु सदस्यमात्र हुने व्यवस्था छ । सोहीअनुसार दाहाल अध्यक्ष रहने गरी कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को नयाँ नेतृत्व चयन गरिएको हो ।