२०८१ पौष ४, बिहिवार , ०४:२८:५४ बजे

Sajhamanch
'

मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार

आइतवार, मंसिर २५, २०७९

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

दुई लाख रुपैयाँ नगद र सम्मान पत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानी काठमाडौंमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ ।

केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन्। उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।

सम्बन्धित खबर