२०८१ माघ १३, आइतवार , ०८:०९:४६ बजे

Sajhamanch
'

झापाका १०० अर्फन बालबालिकालाई नगद र स्वास्थ्य सामग्री प्रदान

शनिवार, मंसिर २४, २०७९

कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा भएको कार्यक्रममा झापामा रहेका १०० जना अर्फन (आमाबुबा विहीन) बालबालिकालाई आर्थिक सहयोग र स्वास्थ्य सामग्री प्रदा नगरिएको हो । वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार ती बालबालिकालाई प्रतिव्यक्ति १२ हजार रुपैयाँ नगद र स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुका साथै आँखा लगायतका परीक्षण गरिएको हो ।

वर्क फर नेपालले झापामा विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाउँदै अध्यक्ष अधिकारीले भनेका छन्, ‘आज अर्फन बालबालिकालाई नगद तथा स्वास्थ्य सामग्री प्रदान गर्यौं । आगामी हप्ता खाद्यान्न, स्टेसनरी र न्यानो कपडा वितरण गर्ने कार्यक्रम छ । यस्तो सहयोग बालबालिकाले कक्षा १० अध्ययन पूरा गरुन्जेल संस्थाले गर्नेछ ।’

सम्बन्धित खबर