२०८१ कार्तिक २, शुक्रवार , ०३:४५:५४ बजे

Sajhamanch
'

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलद्वारा १० उत्कृष्ट शिक्षक सम्मानित

शनिवार, मंसिर २४, २०७९

कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ ।

कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास र प्रगतिमा निरन्तर सहयोग पुर्याउने एवम् शिक्षा क्षेत्रमा लामो समयसम्म निरन्तर विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्ने १० जना शिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने शिक्षकहरुमा महेशकुमार खड्का, टंकप्रसाद गजुरेल, रत्न थापा, इन्दिरा खनाल दाहाल, नगेन्द्र बस्नेत, सिताराम घिमिरे, कुन्तादेवी तिवारी, दोप्रसाद लिम्बू, छत्रबहादुर कार्की र प्रदिप कोइराला रहेका छन् । उनीहरु सबैजनालाई खादा माला अबिर अर्पण गर्दै सम्मान पत्र सम्मान गरिएको छ ।

परिषदका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष द्रोणबहादुर श्रेष्ठ, राष्ट्रिय प्रतिनिधि मोहनकुमार बगाले, जिल्ला सदस्य हिमप्रसाद दाहाल, नेपाल बुद्धिजिवी परिषद कमलका अध्यक्ष रुकमान सुब्बा लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संगठनका सचिव श्रीप्रसाद दाहालले सञ्चलन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष भिमप्रसाद पोखेरलले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर