२०८१ पौष २४, बुधवार , १२:३१:३९ बजे

Sajhamanch
'

एनएमसीमा एकाईगत साधारणसभा जारी, आज १६ ठाउँमा उपएकाईगत छलफल

बिहिवार, मंसिर २२, २०७९

झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ ।

कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा केन्द्र कार्यालयहरुमा आज एकैदिन उपएकाइगत साधारणसभा गरिएको हो । जसअन्तरत घैलाडुब्बा सेवा केन्द्रमा सञ्चालक समितिका सदस्य माधवचन्द्र प्याकुरेल र बैंकिङ व्यवसाय प्रमुख मनिष कोइरालाले केन्द्रीय प्रतिनिधिका रुपमा प्रतिवेदनहरु प्रस्तुत गरेका छन् ।

सेवाकेन्द्र प्रमुख कल्पना थापा कडरियाले सञ्चालन गरेको उपएकाईगत साधारणसभाको प्रमुख आतिथ्यता कनकाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेन्द्रप्रसाद उप्रेतीको रहेको थियो । उपएकाईगत साधारणसभामा सञ्चालक समिति सदस्य प्याकुरेलले सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन वाचन गरेका थिए । बैंकिङ व्यवसाय प्रमुख कोइरालाबाट लेखा परीक्षण प्रतिवेदन र चालू वर्षका लागि निर्धारित बजेट र कार्यक्रम प्रस्तुत भएको थियो ।

साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष उप्रेतीले सामाजिक कार्य, वित्तीय अनुशासन, धेरै सदस्य र व्यवसाय भएको संस्था एनएमसीको सेयर सदस्य बन्न पाएकोमा आफूलाई गर्व महसुस भएको बताए ।

सेवा केन्द्र उपसमितिका सदस्य नरमान श्रेष्ठले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए भने साधारणसभामा प्रस्तसत प्रतिवेदनहरु माथि सदस्यहरुले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।

यसैगरी, केर्खा सेवा केन्द्रको उपएकाइगत साधारणसभा कमल गाउँपालिका वडा नं. ३ स्थित सिंहदेवी मन्दिरको सभाहलमा सम्पन्न भएको छ । वडानम्वर ३ का अध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम उद्घाटन गरिएको थियो ।

उपएकाइगत साधारणसभामा सञ्चालक समिति सदस्य सीताकुमारी श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै कर्पाेरेट कार्यालयका सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

केर्खा सेवा केन्द्र उपसमितिका संयोजक लोकनाथ खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सेवाकेन्द्र प्रमुख विनिता बस्नेतले गरेकी थिइन् । आमन्त्रित अतिथि र सहभागीहरुलाई सदस्य शान्ता दाहालले शाब्दिक स्वागत गरेकी थिइन् ।

कनकाई–रतुवा एकाई अन्तरगतकै कुञ्जिबारीमा पनि आज उपएकाईगत साधारणसभा सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका सदस्य कमल गुरागाईं केन्द्रीय प्रतिनिधि रहेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

उपएकाईगत साधारण सभाले आगामी पुस २ गते हुने अन्तिम माइन्युट प्रमाणित गर्न तीन–तीनजना प्रतिनिधिहरु समेत छनौट गरेका छन् ।

सम्बन्धित खबर