२०८१ कार्तिक २, शुक्रवार , ११:३५:४६ बजे

Sajhamanch
'

गीता प्रश्नोत्तरको उपाधी माधव संस्कृतलाई

सोमवार, मंसिर १९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयले गीता जयन्तिको अवसरमा काशी–मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न गरेको छ ।

आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी व्यक्तित्व कोमलप्रसाद पोख्रेल रहेका थिए ।

विभिन्न संघसंस्था, गुरुकूलका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा ५ वटा गुरुकूलका १० जना विद्यार्थीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा माधव संस्कृत विद्याश्रम सहरेडाँगीले प्रथम र द्वितीय स्थान हासिल गरेको विद्यालयका हरिकृष्ण भण्डारीले जनाएका छन् ।

सप्तऋषी गुरुकूल अर्जुनधारा ९ तृतिय र हरिहर आश्रम बुट्टाबारीले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुले धार्मिक पुस्तक, नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विष्णुकुमार भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रमको स्वागत यामप्रसाद रिजालले गरेका थिए भने कार्यक्रम संचालन स्मृति समूहका सचिव गणेश भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर