२०८१ पौष २६, शुक्रवार , १२:३३:०८ बजे

Sajhamanch
'

पत्रकार एलन र मगरमाथि हातपात, कडा कानूनी कारवाहीको माग

सोमवार, मंसिर १९, २०७९

हेटौंडा । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि गएराति हातपात भएको छ ।

आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको जनाइएको छ ।

पत्रकार एलनको उद्धार गर्न गएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर माथि पनि हातपात भएको छ । महासचिव मगर पनि सामान्य घाइते भएका समाजवादी प्रेस संगठन नेपालका महासचिव भुपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०/२२ जनाको जत्थाले गए राति पत्रकार एलनमाथि आक्रमण भएको हो । सोही जत्थाले अर्का पत्रकार सारुमाथि पनि आक्रमण गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै उनीहरुले पत्रकारमाथि हातपात गरेको समाजवादी प्रेस संगठन नेपालको विज्ञप्तीमा उल्लेख छ ।

सो संगठनले घटनाको घोर भत्र्सना गर्दै घटनामा सम्लग्न र घटनास्थलमा सशरीर उपस्थित एवं घटनाका योजनाकार समेतको पहिचान गरी कडा कानूनी कारवाहीको लागि सरकारसँग माग गरेको छ ।

सम्बन्धित खबर