२०८१ पौष ७, आइतवार , ०६:४१:१८ बजे

Sajhamanch
'

सताक्षीधाममा वक्तृत्वकला प्रतियोगिता, दूधे मावि प्रथम

शनिवार, मंसिर १०, २०७९

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा भएको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगतामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ ।

गोलोक गोवर्धन गौशाला श्री शताक्षी गुरुकुल को वार्षिक उत्सव गोरक्षा महोत्सवको तेस्रो दिन गौ संरक्षणको महत्व र आवश्यकता बिषयक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी छात्रा विद्या सिग्देल प्रथम भएकी हुन् । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरेकी गोलोक गोवद्र्धन गौशालाले जनाएको छ । त्यस्तै वक्तृत्वकलामा बालनिकुञ्ज मा.वि. छात्र झरेन्द्र मिश्र दोस्रो, झिलझिले मा.वि. छात्र पूर्णबहादुर वि.क तेस्रो र मेची अंग्रेजी मा.विकी युसा न्यौपाने सान्तवना  स्थान प्राप्त गरेकी छन् । दोस्रो हुने छात्रले १० हजार, तेस्रो हुने छात्रले ५ हजार सान्तवना पुरस्कार पाउने छात्राले १हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

उनीहरुलाई जगतगुरु बालसन्त र गोलोक गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वज, शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्कीले नगद पुरस्कार प्रदान गरेका थिए । बक्तित्वकलाको निर्णायकमा नगरपालिका शिक्षा प्रमुख लगायतको टिमले सहजीकरण गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले शिवसताक्षी नगरपालिकाको शिरमा रहेको सताक्षीधाम तीर्थ स्थलमा गोलोक गोवद्र्धन गौशालाले गौमाताको संरक्षण गर्दै आएकोमा धन्यवाद दिएका थिए । यस धार्मिक स्थलले शिवसताक्षीको गरिमा उच्चो बनाएको भन्दै उनले गौशालालाई नगरबाट सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमा शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्की, प्यासन अध्यक्ष राम सुहाङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्तृत्वकला प्रतियोगिताको पुरस्कार प्रायोजन श्री गोलोक गोवर्धन गौशालाले गरेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, कार्यक्रम अधिकृत महेश लामिछाने, विभिन्न बक्तित्व कलामा सहभागी विद्यालयहरुका प्र.अ.लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका सामुदायिक र संस्थागत १० विद्यालयले सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर