२०८१ माघ ५, शनिवार , ०८:५५:२० बजे

Sajhamanch
'

काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै

शनिवार, मंसिर १०, २०७९

कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् ।

सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा हारजित स्वभाविक भएकोले कार्यकर्ता, शुभचिन्तक मतदातालाई निराश नहुन आग्रह गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रकोे विकासका लागि आफू संसदमा पुग्न नसके पनि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माण लगायतका काममा आफूले निरन्तर सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

सो क्षेत्रबाट प्रदेश ३(१) मा काँग्रेसले विजय हाँसिल गरेको छ भने स्थानीय तह अन्तरगत भद्रपुर नगरपालिका र कचनकवल गाउँ पालिकामा मेयर तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

सोही कारणसमेत विकास निर्माणलाई अगाडि बढाउन काँग्रेसलाई कसैले रोक्न नसक्ने भन्दै आफूले जस्तोसुकै सहयोग पुर्याउने सिटौलाले मतदातालाई बचन दिएका छन् ।

उनले आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनाहरूलाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागिरहने भन्दै सधैं जनताकै बिचमा रहने समेत बताएका छन् ।

सो कार्यक्रममा प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई अविर र मालाले सम्मान गर्दै कचनकवल गाउँपालिकाका विभिन्न वडाहरू परिक्रमा गरिएको थियो ।

कार्यक्रममा क्षेत्र नं. ३ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले संघीय संसदमा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उहाँको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने वचन दिँदै मतदातालाई आभार प्रकट गरेका छन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाली कांग्रेस कचनकवलका अध्यक्ष तुलाराम अधिकारी लगायतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौला र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई मतदान गर्ने सबै मतदाता शुभचिन्तक लगायतलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर