२०८१ पौष २५, बिहिवार , १०:४८:४४ बजे

Sajhamanch
'

मंसीर ७ गते ५ बजेसम्म १६५ मध्ये ३३ को परिणाम सार्वजनिक

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतदान भएको चार दिन अपरान्ह ५ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये ३३ जना उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

जसअनुसार नेपाली कांग्रेसबाट १४ जना, नेकपा एमालेका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना, माओवादी केन्द्रका ३ जना उम्मेदवारहरु निर्वाचित भएका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका २ जना र जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीबाट १–१ जना उम्मेदवारहरु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित हुनेहरुमा काठमाडौं १ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगनकुमार थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्रकुमार केसी छन् । यस्तै डडेलधुराबाट शेरबहादुर देउवा, पर्सा ४ बाट रमेश रिजाल, तनहुँ २ बाट शंकर भण्डारी र सुर्खेत २ बाट हृदयराम थानी छन् ।

यसैगरी, मुस्ताङबाट योगेश गौचन थकाली, रसुवाबाट मोहन आचार्य, ओखलढुंगाबाट रामहरि खतिवडा, मनाङबाट टेकबहादुर गुरुङ र ललितपुर १ बाट उदय शमशेर जबरा रहेका छन् ।

नेकपा एमालेबाट हालस्मम निर्वाचित उम्मेदवारहरुमा ताप्लेजुङबाट योगेशकुमार भट्टराई, ललितपुर २ बाट प्रेमबहादुर महर्जन, उदयपुर २ बाट अम्बरबहादुर रायमाझी, काठमाडौं ९ बाट कृष्णगोपाल श्रेष्ठ र गुल्मी २ बाट गोकर्ण विष्ट रहेका छन् ।

नयाँ स्थापित दल राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा विजयी भएको तथ्याङ्क छ । जसअनुसार काठमाडौं २ बाट सोविता गौतम, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट ३ जना उम्मेदवार विजयी भएका छन् । रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, बागलुङ २ बाट देबेन्द्र पौडेल र सिन्धुली २ बाट लेखनाथ दाहाल निर्वाचित भएका हुन् । एकस्कृत समाजवादी पार्टीबाट अछाम १ मा शेरबहादुर कुँवरले खाता खोलेका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बागलुङबाट विजय हासिल गरेका छन् ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपाका धवलशमशेरराणले बाँके २ बाट, जनता समाजवादी पार्टीबाट प्रदीप यादव र नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ का रञ्जिता श्रेष्ठ र ३ का गंगाराम चौधरी विजयी भएका छन् ।

सम्बन्धित खबर