२०८१ पौष २५, बिहिवार , १२:१६:४७ बजे

Sajhamanch
'

एमालेका सचिवहरु ताप्लेजुङबाट भट्टराई र गुल्मीबाट विष्ट निर्वाचित

बुधवार, मंसिर ७, २०७९

झापा । प्रतिनिधिसभा सदस्य पदमा ताप्लेजुङ जिल्लाबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभाका लागि ताप्लेजुङ जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र छ ।

सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गर्दै भट्टराईले दोस्रो कार्यकालका लागि सांसद निर्वाचित भएका हुन् । भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा क्षेत्रीले २१ हजार ७३५ मतमात्र पाए ।

यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी थिइन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका पदाधिकारीहरुमध्ये पहिलो जीत विष्टले र दोस्रो जीत भट्टराईले निकालेका छन् ।

सम्बन्धित खबर