२०८१ पौष २५, बिहिवार , १२:१६:५४ बजे

Sajhamanch
'

झापा ५ मा एमाले अध्यक्ष ओली २३ हजार ६५१ मतान्तरका साथ अग्रता कायम गर्दै

बुधवार, मंसिर ७, २०७९

झापा । मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. ५ को हालसम्मको मत परिणाम भर्खरै सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त आधिकारिक तथ्याङ्कअनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओलीले सूर्य चिह्नमा ४४ हजार ८०५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले रुख चिह्नमा २१ हजार १५४ मत प्राप्त गरेका छन् । ओलीले अहिले २३ हजार ६५१ मतले अग्रता कायम गरेका छन् ।

हालसम्म ८५ हजार ६५९ मत गणना भएको छ । सोमध्ये ४ हजार ५५३ मत बदर भएको तथ्याङ्कमा उल्लेख छ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ९ हजार ९३० मत प्राप्त गरी तेस्रो स्थानमा पछ्याइरहेका छन् ।

एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २०७४ सालमा पनि प्रतिष्पर्धा गरेका थिए । सो चुनावमा पनि ओलीले २० हजारभन्दा बढी मतान्तरमा निकटतम् प्रतिपर्धीलाई पछि छाडेर निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष ओलीलाई हराउन झापा झरेका लेखक यूग पाठक अर्थात् दिपककुमार पाठकले हालसम्म ३०७ मत प्राप्त गरेको तथ्याङ्कमा देखिन्छ ।

सम्बन्धित खबर