२०८१ मंसिर १६, आइतवार , ०३:३६:५३ बजे

Sajhamanch
'

आम चुनाव २०७९ : मंगलबार साँझ ६ः१५ मा दिइएको वास्तविक मत परिमाण

मङ्गलवार, मंसिर ६, २०७९

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः

देवराज घिमिरे (सूर्य) १३,०५४ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) ११,९८३ ।। हरिकुमार राना (हसिया हथौडा) ६,८०० ।। रुद्रप्रसाद गिरी (घण्टी) ३,८७९ ।। बदर मत २,४०१ ।।

गणना भएको मतसंख्या ३९,६५० ।।
खसेको मत संख्या ८७,७२३ ।।
जम्मा मतदाता संख्या १,३४,०९१ ।।

यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज कार्कीले फराकिलो मतान्तर कायम गरेका छन् । सूर्य चुनाव चिन्हमा १०,८६२ मत प्राप्त हुँदा निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार पुष्पराज पोखरेलले कलम चिह्नमा ३५५९ मत प्राप्त गरेका छन् ।
पोखरेललाई हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले लौरो चिन्हमा २१६१ मतसहित पछ्याइरहेका छन् । सो क्षेत्रमा हालसम्म २२,५६७ मत गणना भइसकेको छ भने १९१३ मत बदर भएको जनाइएको छ ।

यसैगरी प्रदेशसभा २(२) मा नेकपा एमालेका उम्मेदवार चिन्तन पाठकले ७,२३९ मतसहित अग्रता लिइरहेका छन् भने उनको निकटतम् प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका खगेन्द्र मैनालीले ५,४७३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा जेब्रा चुनाव चिह्नका अनिरुद्र तिम्सिनाले १२३० मतका साथ मैनालीलाई पछ्याइरहेका छन् ।

सो क्षेत्रमा हालसम्म १७,१३१ मत गणना भएको छ । जसमध्ये ९५३ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयबाट साँझ ६ः१५ बजे जारी गरिएको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर