काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ।
बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा विभाग गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले आन्तरिक तयारीका विषयमा छलफल गर्न लागेको हो ।
बैठकमा विविध कारणले रोकिएका जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनको विषयमा पनि छलफल हुने उनको भनाइ छ।