भद्रपुर । स्वर्गीय विवेक कार्कीको पाँचौं स्मृति दिवसमा गायक तथा संगीतकार अर्जुन खरेललाई नगदसहित सम्मान गरिएको छ ।
विवेक कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा नं. ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्मानसहित स्मृति सभा सम्पन्न गरिएको हो ।
समितिका सदस्य गोकुलराज न्यौपानेले स्वागत गरेकोे स्मृति सभामा सल्लाहकार गोविन्द लम्साल, सल्लाहकार अरुण भट्टराई, संगीत सर्जक हरि पौडेल लगायतले मन्तव्य राखेका थिए ।
गायक संगीतकार समेत रहेका स्वर्गीय कार्कीको स्मृतिमा सचिव निरज पोखरेल र सम्मानित ब्यक्तित्व अर्जुन खरेलले गीत मार्फत सम्झना गरेका थिए ।