२०८१ कार्तिक २, शुक्रवार , ०८:२०:४१ बजे

Sajhamanch
'

खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

शनिवार, माघ १५, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। सोही अनुरुप आजदेखि पाँच दिनसम्मका लागि स्कुल खुल्ने भएका छन्।

पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन मन्त्रालयले स्कुलहरूलाई आग्रह गरेको छ। खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी गरेको छ।

कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड-१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ।

सम्बन्धित खबर