२०८१ मंसिर ७, शुक्रवार , ०४:४६:५० बजे

Sajhamanch
'

प्रदेश १ सरकारलाई एनएमबी बैंकको १०० पीपीई सहयोग

शुक्रवार, चैत २८, २०७६

बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि बैंकले यस्तो सहयोग गरेको बंैकका प्रदेश निक्षेप प्रमुख मेघराज तिम्सिनाले बताए ।  तिम्सिनाका अनुसार एनएमबी बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पर्ने गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा पुगेर बैकले सो सामग्री हस्तान्तरण गरेको थियो । पिपिई प्रदान गर्दा मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकले कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा बैंकपनि सरिक रहेको बैंकका प्रदेश प्रमुख घिमिरेको भनाई छ ।