२०८१ मंसिर १२, बुधवार , ०२:००:३७ बजे

Sajhamanch
'

धुलाबारी मावि बन्यो च्याम्पियन 

सोमवार, फागुन ५, २०७६

बाहुनडाँगी । मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ ।

मेचीनगर  २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो ।

तीन दिवशीय उक्त प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण पदक जित्दै ८० अंक बटुलेको छ  ।

उपाधि विजेता टिम धुलाबारीलाई खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।

मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियोगितामा द्धितीय बनेको हिमालयन एकाडेमीले ५ वटा स्वर्ण पदक प्राप्त गर्दै २४ अंक जोडेको छ ।

मेची जनसाधारण माविको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा तृतीय भएको इष्ट होराइजन अंग्रेजी आवाशिय माविले १५ अंक ल्याएको प्रतियोगिता समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले बताए  ।

उक्त प्रतियोगितामा ट्रयाकको २ सय मिटर दौड छात्रतर्फ बलभद्र जनता माविका सञ्जय गजमेर प्रथम, हिमालयन एकाडेमीका अशोक राजवंशी द्वितीय र मेची जनसाधारण माविका समिर राई तृतीय बने ।

छात्रातर्फ धुलाबारी माविकी प्राप्ति खरेल प्रथम, इष्ट होराइजन माविकी सावना राय द्वितीय र बाल कल्याण माविकी पार्वती गिरी तृतीय बनिन् ।

४ सय मिटर दौडको छात्रतर्फ कन्भेन्ट अंग्रेजी माविका आकाश साह प्रथम, माउण्ट पोइन्ट अंग्रेजी माविका भूपाल फागो द्वितीय र इष्ट होराइजन माविका निरक कार्की तृतीय भए ।

छात्रातर्फ धुलाबारी माविकी सन्ध्या शर्मा प्रथम, पवित्र माविकी रिजा तामाङ द्वितीय र सरस्वती माविकी कुशला विक तृतीय भईन् ।
१५ सय मिटर दौडको छात्रतर्फ धुलाबारी माविका अञ्जित दर्जी प्रथम, शहिद दशरथ चन्द माविका चोलुङ जवेगु द्वितीय र मेची जनसाधारण माविका अमृत गहतराज तृतीय बने ।

छात्रातर्फ धुलाबारी माविकी सलिना तामाङ प्रथम, मेची जनसाधारण माविकी अस्तिका राई द्वितीय र माउण्ट पोइन्ट अंग्रेजी माविकी निलिमा भूजेल तृतीय बनिन् ।

५ हजार मिटर म्याराथन दौडको छात्रतर्फ धुलाबारी माविका अञ्जित दर्जी प्रथम, काँकरभिट्टा माविका पर्शु राई द्वितीय र पशुपति माविका अर्जुन बस्नेत तृतीय भए ।

छात्रातर्फ धुलाबारी माविकी भवानी कामती प्रथम, मेची जनसाधारण माविकी मेलिना राई द्वितीय र इष्ट होराइजन माविकी दृष्टि खड्का तृतीय भईन् ।

४ गुणा १ सय मिटर रिलेको छात्रतर्फ हिमालयन एकाडेमी प्रथम, धुलाबारी मावि द्वितीय र इष्ट होराइजन मावि तृतीय बन्यो ।
छात्रातर्फ धुलाबारी मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र सरस्वती मावि तृतीय बन्यो ।

४ गुणा ४ सय मिटर रिलेको छात्रतर्फ धुलाबारी मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र मेची जनसाधारण मावि तृतीय बन्यो ।
छात्रातर्फ धुलाबारी मावि प्रथम, बाल कल्याण मावि द्वितीय र पवित्र मावि तृतीय भयो ।

त्यसैगरी, फिल्डतर्फ हाइजम्पको छात्रतर्फ माउण्ट पोइन्ट अंग्रेजी माविका समिर महरा प्रथम, युनाइटेड अंग्रेजी माविका रोशन भारती द्वितीय र मेची जनसाधारण माविका किरण गिरी तृतीय बने ।

छात्रातर्फ धुलाबारी माविकी भवानी कामती प्रथम, पवित्र माविकी प्रतिक्षा कटुवाल द्वितीय र हिमालयन एकाडेमीकी सुस्मिता मुखिया तृतीय बनिन् ।

ट्रिपल जम्पको छात्रतर्फ धुलाबारी माविका मुकेश चौधरी प्रथम, बलभद्र जनता माविका ऋतेश धिमाल द्वितीय र बाल कल्याण माविका रोशन चिमरिया तृतीय भए ।
छात्रातर्फ धुलाबारी माविकी प्राप्ति खरेल प्रथम, पवित्र माविकी रिजा तामाङ द्वितीय र इष्ट होराइजन माविकी सलिना दाहाल तृतीय भईन् ।
ज्याभलिन थ्रोको छात्रतर्फ शहिद दशरथ चन्द माविका लाजेहाङ थेवे प्रथम, धुलाबारी माविका अभिषेक राजवंशी द्वितीय र माउण्ट पोइन्ट अंग्रेजी माविका तागेरा लिम्बू बने ।
छात्रातर्फ धुलाबारी माविकी सलिना तामाङ प्रथम, पवित्र माविकी महिमा भण्डारी द्वितीय र बलभद्र जनता माविकी पुनम मेचे तृतीय बनिन् ।
कबड्डी छात्रतर्फ धुलाबारी मावि प्रथम र हिमालयन एकाडेमी द्धितीय तथा छात्रातर्फ धुलाबारी मावि प्रथम र बाल कल्याण मावि द्वितीय बन्यो ।
भलिबलको छात्रतर्फ हिमालयन एकाडेमी प्रथम र धुलाबारी मावि द्धितीय तथा छात्रातर्फ धुलाबारी मावि प्रथम र इष्ट होराइजन मावि द्वितीय बन्यो ।

कराते ४० केजी तौल समूह छात्रातर्फ आदर्श माविकी मानसी कार्की प्रथम,  ४५ केजी छात्रातर्फ भानु माविकी  झरना योगी प्रथम र ५० केजी छात्रातर्फ एभरेष्ट अंग्रेजी माविकी लुङ्मा इधिङ्गो प्रथम भईन् ।

३५ केजी छात्रतर्फ इष्ट होराइजन माविका शम्भू चौधरी  प्रथम, ४२ केजी छात्रतर्फ भानु माविका पर्वत योगी प्रथम, ४७ केजी छात्रतर्फ कन्भेन्ट अंग्रेजी माविका साहिल घिमिरे प्रथम र ५२ केजी छात्रतर्फ नर्थ पोइन्ट अंग्रेजी माविका नवराज पाठक प्रथम बने ।

सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडी तथा टिमलाई प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी र मेचीनगर सामाजिक विकास समिति संयोजक एवं मेचीनगर ४ का वडा अध्यक्ष नवीन बरालले बधाई तथा शुभकामना दिँदै पुरस्कृत गरे ।

सोमवार, फागुन ५, २०७६ | खेलकुद

सम्बन्धित खबर