२०८१ मंसिर ८, शनिवार , १०:५७:४३ बजे

Sajhamanch
'

महालक्ष्मी इन्स्योरेन्सका पाँच आधारस्तम्भले नै सेवाग्राही आकर्षित

शुक्रवार, फागुन २, २०७६

बिर्तामोड । स्थापनाको एक वर्षमात्रै पूरा गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अन्य बीमा कम्पनीहरुको तुलनामा राम्रो कार्यक्रम सञ्चालन गरेर सेवाग्राहीहरुबाट माया पाइरहेको पाइएको छ ।

नेपालमा १९औं बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मीले स्थापनाको पहिलो वर्षमै महत्वपूर्ण वित्तीय सूचाङ्कहरुमा अग्रणी स्थान हासिल गर्दै नयाँ र रचनात्मक सेवा प्रवाह गरिरहेको बताइएको हो । गत माघ २७ गते बिर्तामोडमा स्थापना दिवस अन्तरगत अभिकर्ता भेला गरी यसको सफलताका लागि अन्तरक्रिया गरिएको र सोबारे छलफल गरिएको कम्पनीका मेची अञ्चल प्रमुख गुञ्जन थापाले जानकारी दिए ।

बिर्तामोड शाखा कार्यालय प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका थापाका अनुसार महालक्ष्मी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशकुमार भट्टराईको अब्बल क्षमता र अनुभवका कारण यस्तो सफलता हात लागेको हो । महालक्ष्मीका सिइओ भट्टराई विगत २२ वर्षदेखि बीमा कम्पनी तथा वित्तीय संस्थाहरुमा पनि कार्यकारी प्रमुख नै रहेर काम गरेको अनुभवले हालको उपलब्धी प्राप्त भएको शाखाप्रमुख थापाको भनाई छ ।

महालक्ष्मीका संस्थागत लगानीकर्ताहरु मेगा बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र एनएमबी बैंक रहेका छन् । सो बीमा कम्पनीले डब्बल सावधिक जीवन बीमा, जीवन हेरचाह बीमा, आजीवन बीमा र वार्षिक धनफिर्ता कार्यक्रम मार्फत सेवाग्राहीहरुको मन जितिरहेको जनाइएको छ ।

महालक्ष्मी इन्स्योरेन्सले आफ्नो कारोबारको पुनःबीमा विश्वकै अग्रणी म्युनिख रि जर्मनी र अनिवार्य पुनःबीमा नेपाल पुनःबीमा कम्पनीसँग गरेकाले सेवाग्राहीले पनि अत्याधिक विश्वास गरेकै कारण आफूहरुको काममा सहज भइरहेको शाखाप्रमुख थापाको दावी छ ।

सम्बन्धित खबर