काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि कुशल मल्लले सानदार प्रदर्शन गरेका छन्।
डेब्यु खेलमै उनले अर्धसतक पूरा गरेका हुन्। त्रिवि कीर्तिपुरमा शनिबार भएको खेलमा उनले ४९ बलमा ५० रन बनाएका हुन्। यससँगै १६ वर्षीय मल्ल डेब्यू खेलमै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका छन्। उनले ४ चौका र ३ छक्का प्रहार गरे। अमेरिकाले टस जितेर फिल्डिङ रोजेको थियो।