२०८१ माघ १८, शुक्रवार , ०५:०८:५६ बजे

Sajhamanch
'

बालुवाटार जग्गा प्रकरणमा काङ्ग्रेस उपसभापति गच्छादारसहितलाई मुद्दा

बुधवार, माघ २२, २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वुधबार अख्तियारले पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यसैगरी, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । व्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध अवैध रुपले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्यमा अभियोग लगाउँदै आयोगले मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।