२०८१ पौष १०, बुधवार , ०४:३०:५५ बजे

Sajhamanch
'

नेपाल एअरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

शुक्रवार, माघ १०, २०७६

काठमाडाैं । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।

उनीहरूले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरूले राजीनामा पत्रमा लेखेका छन् ।

नेपाल एअरलाइन्समा पाइलटहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

सम्बन्धित खबर