२०८३ जेठ ८ शुक्रवार , ०९:०८:४५ बजे

Sajhamanch
'

कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै रवि

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।

सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा पार्टी सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।बाँकी प्रदेशका सांसदहरूसँग अरु कुनै दिन छलफल हुने उनले बताए ।

कोसी प्रदेशका सांसदसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदसँग दिउँसो साढे १ देखि साढे ३ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुनेछ ।

सम्बन्धित खबर