२०८३ जेठ ५ मङ्गलवार , ०१:२५:५८ बजे

Sajhamanch
'

झापाको कमलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्गलवार, जेठ ५, २०८३

झापा । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ७६ वर्षीय वृद्ध धान्यप्रसाद दुलाल रहेका छन् ।

उनलाई चार दिनअघि मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते उनको उपचार क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा गएराति साढे ८ बजे मृत्यु भएको हो ।

गत बैशाख ३१ गते दिउँसो ३ः३० बजे कमल-२ समयगढस्थित भित्री सडक खण्डमा क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र- १–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री दुलाललाई ठक्कर दिएको थियो ।

यता मोटरसाइकल चालक दमक नगरपालिका-४ का २४ वर्षीय प्रवीण ढुङ्गानालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर