२०८३ जेठ ५ मङ्गलवार , ०१:२६:०२ बजे

Sajhamanch
'

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक डलरको खरिद मूल्य १५३ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १५४ रुपैयाँ ४६ पैसा तोकेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो । भारतमा डलरको मूल्य बढेसँगै स्वतः नेपालमा पनि बढ्ने गर्छ । डलरको भाउ बढ्दा विदेशी मुद्रामा हुने आम्दानी बढ्छ । रेमिट्यान्स, निर्यात, विदेशी पर्यटनमार्फत हुने आम्दानी बढ्ने गर्छ तर आयात महँगो पर्छ ।

आज युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ र बिक्रीदर ४१ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

सम्बन्धित खबर