२०८३ जेठ ३ आइतवार , १२:४४:३८ बजे

Sajhamanch
'

कैलालीमा नदीमा डुबेर बालकको मृत्यु

आइतवार, जेठ ३, २०८३

धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्दाुर गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतवार, जेठ ३, २०८३ | समाज

सम्बन्धित खबर