
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्।
भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए ।
एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले भट्टलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रकृया सुरु भएको बारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन् ।
सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
भट्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्त गरेको थियो ।


