
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


