२०८३ वैशाख २० आइतवार , ०१:१९:१६ बजे

Sajhamanch
'

विश्व प्रेस स्वतन्त्रता दिवस : प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको माइतीघर मण्डलामा ऐक्यबद्धता र्‍याली तथा विरोध प्रदर्शन गरेको छ ।

सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूपअनुसार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

महासंघको अनुगमन प्रतिवेदनअनुसार गएको वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यस वर्ष बढेर १३१ वटा पुगेको छ । उहाँले विशेष गरी सरकारी विज्ञापन र सूचना केवल सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको महासंघको ठहर रहेको बताउनुभयो ।

त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासंघले आपत्ति जनाएको छ ।

र्‍यालीमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दवाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, नागरिक समाजका अगुवा तथा विभिन्न प्रेस संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर