२०८३ वैशाख १७ बिहिवार , ०१:०८:०८ बजे

Sajhamanch
'

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

बिहिवार, वैशाख १७, २०८३

धनगढी । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो ।

गम्भीर अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

बिहिवार, वैशाख १७, २०८३ | समाज

सम्बन्धित खबर