
काठमाडौं । काठमाडौंको मनोहरा सुकुम्वासी बस्ती आज (वैशाख १३) भत्काइँदै छ । बस्ती भत्काउन अहिले त्यहाँ डोजर पुगेको छ ।बस्ती भत्काउनुअघि त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्तीहरू शनिबार नै खाली गर्ने तयारी भए पनि त्यो प्रक्रिया रोकिएको थियो ।काठमाडौं महानगर र प्रहरी टोली राति मनोहराको बस्तीमा गए पनि डोजरमाथि ढुंगामुढा भएपछि फर्किएका थिए ।शनिबार (वैशाख १२) थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गरिएको थियो ।


